°
, June 4, 2023 in
0

एट्लेटिकोका विंगर फेलिक्सलाई कोरोना संक्रमण

SHARE:

स्पेनिस क्लब एट्लेटिको मड्रिडका पोर्चुगिज विंगर जोआ फेलिक्सलाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । एट्लेटिकोले एक विज्ञप्ति जारी गर्दै आफ्ना पोर्चुगिज विंगर फेलिक्सलाई कोरोना संक्रमण देखिएको जनाएको छ ।

कोरोना पोजेटिभ देखिएपछि २१ वर्षीय फेलिक्स घरमै सेल्फ आइसोलेसनमा बसेका छन् । अब फेलिक्सले ला लिगाअन्तर्गत सेल्टा भिगोविरुद्धको खेल गुमाउने छन् ।

यो सिजन फेलिक्सले एट्लेटिकोका लागि २४ खेल खेल्दै ९ गोल गरेका छन् । उनले ला लिगामा १७ खेलमा ६ गोल गरेका छन् ।

ला लिगामा उत्कृष्ट प्रदर्शन गरिरहेको एट्लेटिको मड्रिड उपाधिको दौडमा अघि छ । उसले १९ खेलमा ५० अंक जोडेको छ र एक खेल बढी खेलेको दोस्रो स्थानको बार्सिलोनालाई १० अंकले पछाडि छाडेको छ ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *