२०३२ को ओलम्पिक अस्ट्रेलियामा आयोजना हुने

सन् २०३२ को ओलम्पिक अस्ट्रेलियामा आयोनजा हुने भएको छ। भोटिकङमा आधारमा सन् २०३२ को ओलम्पिक आयोजकका रुपमा अस्ट्रेलियाको ब्रिसबेन छनोट भएको हो।

टोकियोमा बुधबार सन् २०३२ को ओलम्पिक आयोजक छान्न भएको भोटिङमा ब्रिसबेनको पक्षमा बढी परेको अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आईओसी) ले जनाएको छ।

अस्ट्रेलियामा ओलम्पिक तेस्रोपटक आयोजना हुन लागेको हो । यसअघि सन् १९५६ र २००० मा अस्ट्रेलियाका क्रमशः मेलबर्न र सिड्नीमा ‌ओलम्पिकको आयोजना भएको थियो।

त्यसअघि सन् २०२४ मा फ्रान्सको पेरिस र सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा ओलम्पिक आयोजना हुनेछ।

Facebook Comments Box