°
, June 7, 2023 in
0

जोकोभिकले जिते नवौं पटक अस्ट्रेलियन ओपन

SHARE:

सर्बियाका खेलाडी नोभाक जोकोभिकले नवौं पटक अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेको छन्। यो अस्ट्रेलियन ओपनको कीर्तिमानी उपाधि हो।

वर्षको पहिलो ग्रान्ड स्लाम उपाधि जित्ने क्रममा जोकोभिकले रसियन खेलाडी डानिल मेद्‌भेदेभलाई ७–५, ६–२ र ६–२ को सोझो सेटमा पराजित गरे। यो उनको १८औंं ग्रान्ड स्लाम उपाधि हो। स्पेनका राफेल नाडाल र स्वीट्जरल्यान्डका रोजर फेडेररले २० वटा ग्रान्ड स्लाम उपाधि जितेका छन्।

३३ वर्षीय जोकोभिकले मेलबर्न पार्कमा अहिलेसम्म फाइनल खेल हारेका छैनन्। उता चौथो वरीयताका २५ वर्षीय मेद्‌भेदेभले अहिलेसम्म ग्रान्ड स्लामको फाइनलमा जित निकाल्न सकेका छैनन्। उनको यो दोस्रो ग्रान्ड स्लाम फाइनल थियो।

यसअघि हिजो भएको महिला एकलको उपाधि जापानकी नाओमी ओसाकाले जितेकी थिइन्। उनले फाइनलमा जेनिफर ब्राडीलाई ६–४ र ६–३ को सोझो सेटमा हराएकी थिइन्।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *