फ्रेन्च ओपन उपाधिका लागि केनिन र स्वाटेक भिड्ने

फ्रेन्च ओपनको महिला एकलको उपाधिका लागि सोफिया केनिन र इगा स्वाटेक भिड्ने भएका छन् । शुक्रबार बिहान भएको दोस्रो सेमिफाइनलमा चौथो वरीयताकी अमेरिकी खेलाडी केनिनले चेक गणतन्त्रकी पेट्रा कोभिटोभालाई ६–४ र ७–५ ले हराइन् र स्वाटेकसँगको उपाधि भिडन्त पक्का गरिन् ।

केनिन अस्ट्रेलियन ओपनकी विजेता पनि हुन् । अब यी २१ वर्षीया खेलाडी आफ्नो खेल जीवनको दोस्रो ग्रान्ड स्लाम उपाधिको प्रयासमा हुनेछिन् । अनुभवी कोभिटोभाले दोस्रो सेटमा कडा चुनौती पेस गरे पनि त्यो खेलको नतिजा परिवर्तन गर्न पर्याप्त रहेन ।

यसअघि स्वाटेकले पहिलो सेमिफाइनलमा नाडिया पोडोरोस्कालाई ६–२ र ६–१ ले सजिलै हराएकी थिइन् । पोल्यान्डकी १९ वर्षीया स्वाटेकको भने यो पहिलो ग्रान्डस्लाम फाइनल यात्रा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP