नेपालले अर्को वर्ष एसियन महिला भलिबल च्याम्पियनसिप खेल्ने

नेपालले अर्को वर्ष एसियन महिला भलिबल च्याम्पियनसिप खेल्न पाउने भएको छ । एभीसी बोर्ड अफ एडमिनेस्ट्रेसनले नेपाल भलिबल संघलाई अर्को वर्ष यही च्याम्पियनसिपमा सहभागिता गराउने पक्का गरेको हो ।

यो वर्ष भने नेपाल कोरोना भाइरसको रेड जोनमा परेको भन्दै अन्तिम सयममा नेपालको नाम प्रतियोगिताबाट हटाइएको थियो । आगामी अगष्ट–सेप्टेम्बरमा फिलिपिन्समा हुने एभीसी एसियन वुमन्स भलिबल च्याम्पियनसिपको ड्र सर्वाजनिक गर्दा नेपालको नाम काटिएको थियो ।

नेपाल भलिबल संघले शुक्रबारै विज्ञप्ति जारी गर्दै कोरोनाको कारण नेपालले खेल्ने अवसर नपाएको जनाउँदै अर्को वर्षका लागि खेल्ने अवसर प्रदान गर्ने पक्का गरेको बताएको छ ।

Facebook Comments Box