एसियन भलिबल च्याम्पियनसिप नहुने

Read Time:1 Minute

२१औं संस्करणको एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप स्थगित भएको छ। प्रतियोगिता फिलिपिन्समा आयोजना हुने तय भएको थियो।

कोभिड–१९ महामारीका कारण च्याम्पियनसिप स्थगित गरिएको फिलिपिन्स भलिबल फेडेरेसनले जनाएको छ। कोरोनाभाइरसको जोखिम न्यूनिकरणका लागि हाल फिलिपिन्समा सरकारले लकडाउन गरिरहेको छ।

लकडाउनको कारण च्याम्पियनसिप स्थगित गरिएको नेपाल भलिबल संघका महासचिब जितेन्द्रबहादुर चन्दले जानकारी दिएका छन्। च्याम्पियनसिप २९ अगष्टदेखि ४ सेप्टेम्बरसम्म हुने तालिका रहेको थियो।

नेपालले पनि सो प्रतियोगिता खेल्ने तय भएको थियो। तर, कोभिडकै कारण नेपाल च्याम्पियनसिपमा सहभागि हुनबाट बञ्चित भएको थियो। प्रतियोगितामा सहभागि हुन बन्द प्रशिक्षण गरिरहेकै बेला एसियन भलिबल कन्फेडेरेसन (एभीसी)ले नेपाललाई बाहिर राख्दै प्रतियोगिताको समूह विभाजन गरेको थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post अभिषेक रिजाल मछिन्द्रबाट खेल्ने
Next post सातदोबाटो र स्टार अस्पतालको सहकार्य गर्ने सहमति
Close