°
, June 7, 2023 in

हैदरावादमाथि लखनऊको जित

SHARE:

लखनऊ सुपर जायन्ट्सले आईपीएलमा पहिलो जित निकालेको छ । सोमबार राति भएको खेलमा लखनऊले सनराइजर्स हैदराबादमाथि १२ रनको जित निकालेको हो।

लखनऊले दिएको १७० रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५७ रनमात्र बनाउन सक्यो। उसका राहुल त्रिपाठीले ३० बलमा सर्वाधिक ४४ रन बनाए भने निकोलस पुरनले ३४ रन जोडे।

लखनऊका तीव्र गतिका बलर आवेश खानले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए। त्यस्तै, जेसन होल्डरले ३ तथा क्रुनाल पान्ड्याले २ विकेट लिए।

त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको लखनऊले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६९ रन बनाएको थियो। लखनऊका लोकेश राहुलले ५० बलमा सर्वाधिक ६८ रन बनाए भने दीपक हुडाले ३३ बलमा ५१ रन जोडे।

हैदराबादका वासिन्टन सुन्दर, टि नटराजन र रोमारियो शेफर्डले समान २ विकेट लिए ।

हैदराबाद पहिलो खेलमा राजस्थानसँग ६१ रनले पराजित भएको थियो भने लखनऊ गुजरात टाइटन्ससँग ५ विकेटले पराजित भएको थियो।

SHARE: