अफगानिस्तान क्रिकेट बोर्डमा फाजलीको पुनरागमन

अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी)को प्रमुखमा अजिजुल्लाह फाजली नियुक्त भएका छन् । तालिवानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि फाजलीलाई क्रिकेट बोर्डको निमित्त प्रमुख नियुक्त गरेको हो।

फाजलीले यसअघि पनि अफगानिस्तान क्रिकेटको अध्यक्ष बनिसकेका छन्। उनी सेप्टेम्बर २०१८ देखि जुलाई २०१९ सम्म एसीबको प्रमुख थिए ।

यसअघि एसिबीको अध्यक्ष फरान युसुफजाई थिए। युसुफजाईलाई हटाउँदै तालिवानले फाजलीलाई क्रिकेट बोर्डको निमित्त प्रमुख बनाएको हो। केही दिनअघि मात्र एसीबीका प्रमुख कार्यकारी अधिकृत हमिद शिनवारीले बोर्डमाथि कुनै हस्तक्षेप नहुने अपेक्षा गरेको बताएका थिए।

उनले तालिबानकै सहयोगमा क्रिकेट गतिविधिहरु विनाअवरोध अघि बढ्ने पनि बताएका थिए। तर, युसुफजाई बर्खास्तीमा परेपछि अब क्रिकेट गतिविधि पहिला जस्तै अघि बढ्नेमा आशंका जन्मिएको छ।