°
, June 2, 2023 in

बी डिभिजनका दुई खेल दशरथ रंगशालामा

SHARE:

सहिद स्मारक बी डिभिजन लिगको अन्तिम चरणका दुई खेल दशरथ रंगशालामा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तिम चरणका दुई खेल दशरथ रंगशालामा गर्ने जनाएको छ।

एन्फाका अनुसानर १३ औं चरणअन्तर्गत श्री कुमारी र ब्वाइज युनियन तथा रानीपोखरी कर्नर टिम (आरसिटी) र टुसाल क्लबबीचको खेल दशरथ रंगशालामा हुनेछ ।

नेपाली फुटबलमा लामो इतिहास बोकेको आरसिटी ए डिभिजन लिगमा बढुवा हुने संघारमा छ । १४ क्लब सहभागी बी डिभिजनबाट शीर्ष दुईमा रहने टोली ए डिभिजनमा बढुवा हुनेछन् ।

जसमा चर्च ब्वाइज युनाइटेडले एक खेल अगावै शीर्ष स्थानमा रहेर बढुवा र उपाधि पक्का गरिसकेको छ । आरसिटीले अन्तिम खेलमा आफू अनुकल नतिजा निकालेमा ए डिभिजनमा बढुवा हुनेछ ।

झम्सिखेल रेलिगेसनमा परिसकेको छ भने पुछारबाट दोस्रोमा रहेको ब्वाइज युनिय रेलिगेसन टार्न संघर्षरत छ । ब्वाइज युनियनले अन्तिम खेल जित्दै अन्य खेलमा पनि आफू अनुकल नतिजा आए बी डिभिजनमै रहनेछ ।

SHARE: