°
, May 29, 2023 in

बी डिभिजन लिगमा सरस्वती र टुसालले खेले बराबरी

SHARE:

काठमाडौंमा जारी सहिद स्मारक बी डिभिजन लिगमा सरस्वती युथ क्लब र टुसाल युथ क्लबले बराबरी खेलेका छन्। मंगलबार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा सरस्वती र टुसालले २–२ को बराबरी खेल्दै अंक बाँडेका हुन्।

प्रतिस्पर्धात्मक बनेको खेलमा सरस्वतीले पहिलो हाफमा लिएको अग्रतालाई दोस्रो हाफमा कायम राख्न नसक्दा अंक बाँड्न बाध्य भएको हो । आठौं मिनेटमा कप्तान दिपेश श्रेष्ठले गोल गर्दै सरस्वतीलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ६०औं मिनेटमा टुसालले बराबरी गोल फर्काउँदै खेलमा फर्किने संकेत गरे। वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका टुसालका धिरेन्द्रबहादुर शाहले गोल गर्दै टोलीलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

त्यसको अर्को मिनेटमा तालमेल अभाव भएको मौकालाई सदुपयोग गर्दै सरस्वतीले पुन अग्रता लिन सफल भयो । विक्रम बिसुङ्खेले गोल गर्दै खेल २–१ को अग्रता बनाए । त्यसपछि झन रोमाञ्चक बनेको खेलको ७७औं टुसालका धिरेन्द्रले नै गोल गर्दै पुन टोलीलाई बराबरी अवस्थामा ल्याए ।

लिगमा बुधबार पनि तीन खेल हुनेछन् । बाँसबारीले खुमलटार युथ क्लबको सामना गर्दा वीरगञ्ज युनाईटेड र सामाजिक युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस्तै अर्को खेल चर्च ब्वाईज युनाईटेड र मध्यपुर युथ एसोसियनबीच हुनेछ ।

SHARE: