सहिद स्मारक बी डिभिजन लिगको आफ्नो अन्तिम खेलमा बाँसबारी क्लब विजयी भएको छ। एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा बाँसबारीले झम्सिखेल युथ क्लबमाथि २–१ को जित निकालेको हो ।
जितपछि बाँसबारी १९ अंकका साथ चौथो स्थानमा उक्लिएको छ भने झम्सिखेल भने यसअघि नै रेलिगेसनमा परिसकेको छ । उसको ९ अंक मात्र छ ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५४ औं मिनेटमा भिष्मराज घिमिरेले गोल गर्दै बाँसबारीलाई सुरुआती अग्रता दिलाए। ६१औं मिनेटमा बिकी राईले गोल गर्दै बाँसबारीको अग्रता दोब्बर बनाए ।
त्यसपछि खेलको ७९ औं मिनेटमा सुभराज गोलेले गोल फर्काएपनि बाँसबारी २–१ ले विजयी भयो ।