°
, June 4, 2023 in

बी डिभजिन लिग : श्री भगवती र सरस्ती क्लब विजयी

SHARE:

सहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लब र सरस्वतीय युथ क्लबले विजयी सुरुआत गरेका छन् । बुधबार भएको खेलमा श्री भगवतीले झम्सिखेल युथ क्लब र सरस्वतीले बाँसबारी क्लबमाथि समान ३–१को जित निकाले।

झम्सीखेलविरुद्ध २४औं मिनेटमा अनिल गुरुङले गोल गर्दै श्री भगवतीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ३८ औं मिनेटमा मन कुमार राईले गोल गर्दै झम्सिखेललाई पहिलो हाफमा १–१ को बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफमा आक्रामक रणनीतिका साथ मैदान उत्रिएको भगवतीले बराबरीको अवस्थालाई तोड्दै ५१ औं मिनेटमा रमेश राईको गोलबाट पुन अग्रता लियो । त्यसपछि दबाब दिएर खेलेका भगवतीले ६३औं मिनेटमा मिलन खड्काले गोल गर्दै खेल ३–१ को अवस्थामा ल्याए ।

बाँकी समयमा थप गोल हुन सकेन र बी डिभिजन लिगमा सुखद सुरुआत गर्न सफल भयो । जितसँगै श्री भगवतीले लिग तालिकामा स्पष्ट ३ अंक जोड्दा झम्सिखेलले भने हारबाट लिगको सुरुआत गरेको छ ।

बी डिभिजन लिग अन्तर्गत बुधबारकै अर्को खेलमा पनि समान ३–१ को नतिजा निकाल्दा सरस्वती युथ क्लबले सुरुआती एक गोलको अग्रता उल्टाएर बाँसबारीविरुद्ध रोमाञ्चक जित निकाल्यो । बाँसबारीले छैटौं मिनेटमा बिक्की राईको गोलबाट बाँसबारीले लिएको अग्रतालाई उल्टाउन सफल भएको हो ।

सुरुआतमा गोल खाए पनि सम्हालिएको खेल देखाएको सरस्वतीले २१औं मिनेटमा बिक्रम बिसुङ्खेको गोलबाट खेल बराबरीको अवस्थामा आएको थियो । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलमा ८७ औं मिनेटमा सृजल लामाले गोल गर्दै सरस्वतीलाई २–१ को अग्रता उल्टाएका थिए ।

त्यसपछि पछि परेको अवस्थामा खेलमा फर्किन संघर्ष गरेको बाँसबारी काउन्टरमा अगाडि बढेको मौकामा सरस्वतीले गोल थप्यो । इन्जुरी समयमा भुपेन्द्र शाहीले गोल गर्दै सरस्वतीलाई ३–१ को जित निश्चित गराए । जितसँगै सरस्वतीले बी डिभिजन लिगमा स्पष्ट ३ अंक जोडेको छ भने बाँसबारीले हारबाट लिगको सुरुआत गरेको छ ।

बी डिभिजन लिग अन्तर्गत बुधबारकै तेस्रो खेलमा ब्वाईज युनियनले बिरगञ्ज युनाईटेडलाई १–० ले स्तब्ध बनायो । प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले पहिलो हाफ गोल रहित बराबरीमा खेलेका थिए ।

ब्वाईज युनियनका लागि ६४औं मिनेटमा मिलन लिम्बुले गरेको गोल निर्णायक बनेको थियो । जितसँगै ब्वाईज युनियनले बी डिभिजन लिगमा सुखद सुरुआत गर्दा बिरगञ्ज युनाईटेडले हारबाट लिग प्रारम्भ गरेको छ ।

लिगमा बिहीबार पनि तीन खेल हुनेछन् । दिनको पहिलो खेल चर्च ब्वाईजले टुसाल युथ क्लब, दोस्रो खेल श्री कुमारी क्लब र नयाँबस्ती युथ क्लब तथा तेस्रो खेल रानीपोखरी कर्नर टिम ९आरसिटी० र खुमलटार युथ क्लब युथ क्लबबीच हुनेछ ।

SHARE: