युएई र ओमानमा संयुक्त रुपमा आयोजना भइरहेको टि–२० विश्वकपमा पाकिस्तानले ऐतिहासिक जित निकालेको छ। दुबईमा आइतबार राति भएको सुपर १२ को पहिलो खेलमा पाकिस्तानले भातरविरुद्ध १० विकेटको सानदार जित निकाल्यो।
पाकिस्तानले विश्वकपमा भारतविरुद्ध निकालेको यो पहिलो जित हो । भारतविरुद्ध पाकिस्तानलाई ऐतिहमासिक जित दिलाउन कप्तान बाबर अजाम र मोहम्मद रिजवानले कीर्तिमानी साझेदारी गरे।
१५२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले लागि १७.५ ओभरमा विनाक्षति भेट्टायो । उसका लागि अजाम र रिजवानले १५२ रनको साझेदारी गरे । रिजवानले ५५ बलमा ६ चौकार ३ छक्का प्रहार गर्दै सर्वाधिक ७९ रन बनाउँदा अजामले ५२ बलमा ६ चौका र २ छक्का प्हार गर्दै ६८ रन बनाए ।
त्यसअघि पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५१ रन बनायो। उसका लागि कप्तान विराट कोहलीले सर्वाधिक ५७ रन बनाए । उनले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गरे। कोहलीको यो टि२० विश्वकपमा १०औं अर्धशतक हो।
यस्तै, ऋषव पन्त ३९ रनमा बनाउँदा रविन्द्र जडेजाले १३ तथा सूर्यकुमार यादव र हार्दिक पान्डयले समान ११ रन बनाए। पाकिस्तानका साहिन शाह अफ्रिदीले ३ विकेट तथा हसन अलीले २ विकेट लिए।