पाकिस्तानको कप्तानका रुपमा फर्किए बाबर

1 Apr, 2024

बाबर आजम फेरि पाकिस्तान क्रिकेट टिमको कप्तान बनेका छन्। बाबरलाई टि २० र एकदिवसीय फर्म्याटमा पाकिस्तानी क्रिकेट टिमको कप्तानी जिम्मेवारी दिइएको हो।

पाकिस्तानी क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नकवीले सेलेक्सन कमिटीको सिफारिसमा बाबरलाई कप्तान नियुक्त गरेका हुन्। शान मसूद भने टेस्ट टिमका कप्तान रहनेछन्। विश्वकप २०२३ मा पाकिस्तानको कमजोर प्रदर्शनपछि बाबरले नेतृत्व छाडेका थिए।

भारतमा भएको विश्वकपमा पाकिस्तानले लिग चरणका ९ खेलमध्ये पाँचमा हार बेहोरेको थियो भने टिम सेमिफाइनल प्रवेश गर्न पनि असफल रह्यो ।

व्यक्तिगत रूपमा ब्याटबाट उनको प्रदर्शन पनि राम्रो नभएपछि बाबरमाथि कप्तानी छाड्ने चर्को दबाब रहेको थियो। बाबरले छाडेपछि टि २० तर्फ शाहीन शाह अफरिदी र टेस्टतर्फ शान मसूदलाई कप्तान बनाइएको थियो।