तेस्रो टि–२०मा पाकिस्तानले दक्षिण अफ्रिकालाई ९ विकेटले हरायो

Read Time:2 Minute

दक्षिण अफ्रिकाविरुद्धको टि–२० सिरिजको तेस्रो खेलमा पाकिस्तानले सानदार जित निकालेको छ । सेन्चुरियनमा बुधबार राति भएको खेलमा पाकिस्तानले घरेलु टोली दक्षिण अफ्रिकालाई ९ विकेटले हरायो ।

पहिला ब्याटिङ गर्दै दक्षिण अफ्रिकाले दिएको २०४ रनको विशाल लक्ष्य पाकिस्तानले १८ ओभरमै १ विकेट मात्र गुमाएर भेट्टायो । पाकिस्तानलाई शानदार जित दिलाउने क्रममा बाबर अजामले शतकीय योगदान दिए । उनले ५९ बलमा १४ चौका र ४ छक्का प्रहार गर्दै १२२ रनको इनिङ खेले।

यस्तै, मोहमद रिजवानले ४७ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ७३ रन बनाए । बाबर र रिजवानले पहिलो विकेटका लागि १९७ रनको साझेदारी गरेका थिए । पाकिस्तानको एकमात्र विकेट लिजाड विलियम्सले लिए।

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ५ विकेट गुमाएर २०३ रन बनायो । उसका लागि एडन मार्क्रम र जानेमन मलानले अर्धशतकीय योगदान दिए । मार्क्रमले ३१ बलमा ६३ रन बनाए भने मलानले ४० बलमा ५५ रनको योगदान दिए । पाकिस्तानका मोहमद नवाजले दुई विकेट लिए ।

यो जितसँगै पाकिस्तानले ४ खेलको टि–२० सिरिजमा २–१को अग्रता लिएको छ। पहिलो खेल पास्तिानले ४ विकेटले जितेको थियो भने दोस्रो खेलमा दक्षिण अफ्रिका ६ विकेटले विजयी भएको थियो । चौथो टि–२० सेन्चुरियनमा शुक्रबार हुने छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपाल सुपर लिगका लागि विराटनगरले भित्र्यायो स्पेनिस खेलाडी
Next post सहवाज अहमद चम्किँदा बैंग्लोर लगातार दोस्रो जित
Close