कर्पोरेट ब्याडमिन्टन स्थगित

कोरोना भाइरसको महामारीका कारण काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट आमन्त्रण ब्याडमिन्टन प्रतियोगिता स्थगित भएको छ। काठमाडौं ब्याडमिन्टन एकेडेमीले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिता स्थागित भएको जनाएको हो।

जेठ २० देखि २२ सम्म त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा प्रतियोगिता आयोजना हुने तालिका थियो। अब स्थिति सहज भएपछि प्रतियाोगिता आयोजना गरिने आयोजकले जनाएको छ।

लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा १६ टिम सहभागी हुने छन् । जसमा मेन्स डबल्स, वुमन्स डबल्स, कर्पोरेट डबल्स, मेन्स सिंगल्स, वुमन्स सिंगल्स स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

वरीयता प्राप्त खेलाडीको लागि विजेताले ५० हजार, उपविजेताले ३५ हजार र सेमिफाइनल खेल्नेले ३०–३० हजार पाउने छन् ।

Facebook Comments Box