इन्टरनेसनल वादो फेडेरेसनमा सुदर्शनराज विष्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार भएको पहिलो चुनावी साधारणसभाले १६ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।
फेडेरेसनको उपाध्यक्षमा मोहन महर्जन र शम्भु तामाङ, महासचिवमा राजु सुवेदी निर्विरोध चयन भएका छन् भने सचिवमा दामोदर भट्टराई तथा कोषाध्यक्षमा मथुराकुमार मास्के चयन भएका छन् । त्यसैगरी सदस्यमा जनक लामा, नारायणदास श्रेष्ठ, सञ्जय महर्जन, सुनिल कुँवर, रविन दाहाल, मणिकृष्ण न्यौपाने, रामबहादुर लामा, शशि अधिकारी, नेयाजमान महर्जन र शैलेश कार्की चयन भए ।
कार्यसमितिले शनिबारै ३ उपाध्यक्ष र २ सदस्य पनि मनोनित गरेको छ । मनोनित हुनेमा मनीष जोशी, माधव त्रिपाठी र प्रतापसिंह लामा उपाध्यक्ष तथा दीपाकुमारी खड्का र सुनीता महर्जन सदस्यमा छन् । नवनिर्वाचित पदाधिकारलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वसदस्य मनबहादुर न्यौपानेले प्रमाण–पत्र वितरण गरेका थिए भने उनीहरुलाई राखेप खेलकुद विकास विभागका अधिकृत चन्द्रकुमार राईले शपथ खुवाएका थिए ।