पाचौँ बकैया कप फुटबल पुस २४ देखि

7 Jan, 2024

पाचौँ बकैया कप फुटबल प्रतियोगिता पुस २४ देखि हुने भएको छ।

युवा तथा खेलकूद विकास समिति बकैया गाउँपालिकाले गर्ने प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले समुद्घाटन गर्ने कार्यक्रम छ।

प्रतियोगितामा बकैया गाउँपालिकाका १२ वटै वडाको सहभागिता हुनेछ । बकैयाखोला दोभान नजिकैको रङ्गशालामा हुने प्रतियोगितामा विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

पुस २४ देखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी तीब्र पारिएको आयोजक समितिका संयोजक विजय लामा थिङले जानकारी दिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]