°
, June 7, 2023 in
0

सात वर्षपछि टोटनह्याम फर्किए बेल, ९ नम्बर जर्सी लगाउने

SHARE:

रियल मड्रिडका स्टार ग्यारेथ बेल पूर्वक्लब टोटनह्याम फर्किएका छन्। उनी सात वर्ष पछि टोटनह्याम फर्किएका हुन्।

बेल एक सिजन लोनमा आएका टोटनह्याम आएका थिए । उनले ९ नम्बर जर्सी लगाउनेछन्। टोटनह्यामले बेललाई फर्काउन तलब र लोनका लागि २० मिलियन पाउण्ड खर्चिएको छ।

सात वर्षअघि रियलले उनलाई टोटनह्यामबाट ८५ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो। रियलले बेललाई अनुबन्धका लागि खर्चिएको रकम सो समयको विश्व किर्तिमानी थियो ।

बेलले रियलबाट २५१ खेल खेल्दै १०५ गोल गरेका छन् । उनले रियलबाट ४ च्याम्पियन्स लिग र दुई ला लिगासहित १३ उपाधि जितेका छन् ।

बेलसँगै टोटनह्यामले रियलकै लेफ्टब्याक सार्जियो रेगुइलिनलाई समेत अनुबन्ध गरेको छ। टोटनह्यामले रेगुइलिनलाई स्थायी अनुबन्ध गरेको हो।

२३ बर्षिय लेफ्ट ब्याक रेगुइलिनलाई अनुबन्ध गर्न टोटनह्यामले २८ मिलियन पाउण्ड खर्चिएको छ। उनले टोटनहममा ३ नम्बर जर्सी लगाउने छन्।

रेगुइलिनले अघिल्लो सिजन लोनमा सेभियामा बिताएका थिए । सेभियालाई यूरोपा लिग जिताउने क्रममा रेगुइलिनको प्रदर्शन उत्कृष्ट थियो । उनलाई अनुबन्ध गर्न म्यानचेस्टर युनाइटेड, चेल्सी र एभर्टनले समेत इच्छा देखाएका थिए।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *