काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको टिम पराजित भएको छ। महानगर दिवसका अवसरमा सोमबार दशरथ रंगशालामा आयोजित मैत्रीपूर्ण खेलका मेयर बालेनको टिम कर्मचारीको टिमसँग ६–१ ले पराजित भएको हो।
जनप्रतिनिधिको टिमको नेतृत्व बालेनले गरेका थिए भने कर्मचारीको टिमको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले गरेका थिए। मेयर साहको टिममा मेयरसहित विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधि र प्रशासकीय अधिकृत अधिकारीको टिममा कर्मचारी र नगर प्रहरी सहभागी थिए ।
मेयल बानले खेलको अन्त्यतिर मैदान छिरेका थिए। उनी मैदान प्रवेश गर्दा उनको टिमले ५ गोल खाइसकेको थियो।