बंगबन्धु म्याराथनमा तीन नेपाली खेलाडी सहभागी हुने

बंगबन्धु शेख मुजीव ढाका म्याराथनमा नेपालबाट तीन खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । बंगलादेशमा आयोजना हुने म्याराथनमा नेपालबाट गत संस्करणमा महिलातर्फ पदक जितेकी पुष्पा भण्डारीसहित किरणसिंह बोगटी र नरेन्द्रसिंह रावतले सहभागी हुने छन्।

१३औं दक्षिण एसियाली खेलकुदको पदक विजेता समेत रहेका पुष्पा र किरणले गत संस्करणसमेत दौडेका थिए । जहाँ पुष्पाले पदक जित्दा किरण पदक विहिन बनेका थिए । नेपाली टोलीको प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद अन्तर्गत एथ्लेटिक्स प्रशिक्षक चन्द्र गुरुङ छन् । नेपाली टोली शुक्रबार बंगलादेश प्रस्थान गर्नेछन ।

बंगबन्धु ढाका म्याराथन यही जनवरी १० मा आयोजना हुनेछ । म्याराथनमा १५ राष्ट्रको सहभागीता हुनेछन्।

नेपाली टोलीको बिहीबार नै बिदाई गरिएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बिहीबार मन्त्रालयको सभाहलमा बंगबन्धु म्याराथनमा जाने टोलीलाई बिदाइ गरेका हुन्।

Facebook Comments Box