सकिब अल हसनको सानदार अलराउन्ड प्रदर्शनमा बंगलादेशले तेस्रो ओडिआई खेलमा इंग्ल्यान्डमाथि ५० रनले हराएको छ। सुरूआती दुई खेल गुमाएको बंगलादेशले अन्तिम खेलमा जित निकाल्दै सिरिज क्लिनस्विप हुनबाट बचाएको हो।
बंगलादेशले दिएको २ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको पाहुना टोली इंग्ल्यान्ड ४३।१ ओभरमा अलआउट हुँदै १ सय ९६ रनमा समेटियो।
उसका लागि जेम्श भिन्सले सर्वाधिक ३८ रन बनाए। ओपनर जेसन रोय १९, फिलिप साल्ट ३५, डेविड मलान डक, साम करन २३ र जस बटलर २६ रनमा आउट हुँदा क्रिस वोक्सले ३४ रन बनाए ।
इङ्ल्याण्डलाई सस्तैमा रोक्न बंगलादेशका सकिब अल हसनले १० ओभरमा ३५ रन खर्चिएर सर्वाधिक चार विकेट लिए। इबादोत हुसेन र ताइजुल इस्लामले समान दुई(दुई विकेट लिए।
टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले ४८।५ ओभरमा अलआउट हुँदै २ सय ४६ रन बनाएको थियो। उसका लागि सबिक अल हसनले सर्वाधिक ७५ रन बनाए। यस्तै मुश्फिकुर रहिमले ७० रन जोडे।
नाज्मुल हसन सान्टोले ५३ रन बनाए पनि अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन्। इंग्ल्यान्डका लागि जोफ्रा आर्चरले तीन तथा साम करन र आदिल राशिदले समान दुई विकेट लिए।
यसअघि पहिलो खेलमा तीन विकेटले जित निकालेको इङ्ल्याण्डले दोस्रो खेलमा १३२ रनले विजयी हुँदै सिरिज जितेको थियो।