एकदिवसीय सिरिजको पहिलो खेलमा बंगलादेशले भारतमाथि सानदरा जित निकालेको छ। आइतबार मिरपुरमा भएको स्लो स्कोरिङ म्याचमा बंगलादेशले भारतमाथि १ विकेटको रोमाञ्चक जित निकाल्यो।
१८७ रनको सामान्य लक्ष्य पछ्याउँदा हार नजिक पुगेको बंगलादेशका लागि मेहदी हसन मिराज र मुस्ताफिजुर रहमानले अन्तिम विकेटका लागि ५१ रनको कीर्तिमानी साझेदारी गरेपछि बंगलादेशले रोमाञ्चक जित निकाल्यो।
१३६–९को अवस्थाबाट यी दुईले इनिङको सुरुआत गरेका थिए। जसमा मिराजले ३९ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३८ रन बनानउँदा रहमानले १० रन बनाए । यो साझेदारी बंगलादेशका लागि अन्तिम विकेटको अहिलेसम्मकै ठूलो साझेदारी हो।
यसअघि कप्तान लिटोन दासले ४१, सकिब अल हसनले २९ र मुस्फिकर रहिमले १८ रन बनाए। भारतका मोहम्मद सिराजले ३ तथा वासिङ्जन सुन्दर र कुल्दिप सेनले समान २ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको भारत ४१.२ ओभरमा १८६ रनमा अलआउट भयो। उसका लागि केएल राहुलले सर्वाधिक ७३ रन बनाउँदा कप्तान रोहित शर्माले २७ र श्रेयस ऐयरले २४ रनको योगदान दिए।
भारतलाई सस्तैमा समेट्ने क्रममा बंगलादेशका सकिब अल हसनले ५ तथा इबदत हुसैनले ४ विकेट लिए।