अलराउन्डर रहकीम कर्नवालले बलिङमा उत्कृष्ट प्रदर्शन गरेपछि दोस्रो टेस्टमा बंंगलादेशलाई १७ रनले हराउँदै वेस्टइन्डिजले टेस्ट सिरिज जितेको छ । यो जितसँगै २ खेलको सिरिज वेस्टइन्डिजले क्लिनस्विप गरेको छ।
ढाकामा वेस्टइन्डिजले दिएको २३१ रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेश २१३ रनमै अलआउट भयो । उसका लागि तमिम इकबालले सर्वाधिक ५० रन बनाए भने मेहदी हसन मिराजले ३१ रन जोड्दा कप्तान मोमिनुल हकले २६ रन बनाए । बंगलादेशलाई सस्तैमा समेट्ने क्रममा रहकीम कर्नवालले ४ विकेट लिए ।
यसअघि पहिला ब्याटिङक गरेको वेस्टइन्डिजले पहिलो इनिङमा ४०९ रन बनाएको थियोे। पहिलो इनिङमा उसका जोसुवा डा सिल्भाले ९२ र एनक्रुम बर्नर सर्वाधिक ९० रन बनाएका थिए । बंगलादेशका अबु जायद र तैजुल इश्लामले समान ४ विकेट लिए।
बंगलादेशले पहिलो इनिङमा २९६ रन बनायो। उसका लिटोन दासले ७१ रन बनाउँदा महेदी हसन मिराजले ५४ र मुस्फिकर रहिमले ५० रन बनाए । वेस्टइन्डिजका रहकीम कर्नवालले ५ र शानोन ग्राबियलले ३ विकेट लिए।
दोस्रो इनिङमा वेस्टइन्डिज ११७ रनमै अलआउट भयो। उसका ब्रुनरले ३८ र सिल्भाले २० रन बनाए। वेस्टइन्डिजलाई सस्तैमा समेट्ने क्रममा तैजुल इस्लामले ४ र नइम हसनले ३ विकेट लिए।