आईपिएलमा पञ्जाब किंग्सले लागतार दोस्रो जित निकलोको छ। शनिबार राति गुवाहटी भएको खेलमा पञ्जाबले राजस्थान रोयल्समाथि ५ रनको जित निकाल्यो।
पहिला ब्याटिङ गर्दै पञ्जाबले दिएको १९८ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १९२ रन मात्र बनाउन सक्यो।
उसका लागि कप्तान सन्जु सामसनले सर्वाधिक ४२ रन बनाए। उनले २५ बलमा ५ चौका र १ छक्का प्रहार गरे । यस्तै, शिमरोन हेटमायरले १८ बलमा ३६ रन बनाउँदा ध्रुव जुरेलले १५ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै नटआउट ३२ रन बनाए।
पञ्जावका लागि नाथन एलिसले ४ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए भने अर्शदीप सिंहले २ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको पञ्जाबले कप्तान शिखर धवनको सानदार ब्याटिङ मद्दतमा ४ विकेटको क्षतिमा १९७ रन बनायो । इनिङको अन्त्यसम्मै क्रिजमा रहेका धवनले ५६ बल खेल्दै ९ चौका र ३ छ्कका मद्दतमा ८६ रन बनाए ।
यस्तै? प्रवसिमरनले ३४ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ६० रन बनाए भने जितेश शर्माले १६ बलमा २७ रन बनाए। राजस्थानका जासन होल्डरले २ विकेट लिए।