स्पेनिस ला लिगामा बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ३–२ को संघर्षपूर्ण जित निकालेको हो ।
रियल बेटिसले सुरुवातमा लिगको अग्रता जोगाउन नसक्दा हार ब्यहोरेको हो। बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सी र फ्रान्सिस्को ट्रिनकाओले गोल गरे। बार्सिलोनाले एक गोल भने रियल बेटिसले आत्मघाति गोल गरेपछि उपहार स्वरुप पाएको थियो। रियल बेटिसका बोर्जा ग्लेसियास र भिक्टर रुइजले गोल गरे।
खेलको ३८ औं मिनेटमा ग्लेसियासले गोल गर्दै रियल बेटिसलाई पहिलो हाफसम्म १–० गोलको अग्रता दिलाए। तर खेलको ५८ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई १–१ गोलको बराबरीमा फर्काए।
६८ औं मिनेटमा भने भिक्टरले आत्मघाति गोल गर्दा बार्सिलोनाले २–१ को अग्रता बनायो। ७५ औं मिनेटमा उनै भिक्टरले गोल गर्दै रियल बेटिसलाई २–२ गोलको बराबरीमा ल्याए। तर ८७ औं मिनेटमा फ्रान्सिस्कोले गोल गरेपछि बार्सिलोनाले रियल बेटिसलाई ३–२ गोलले पराजित गर्न सफल भयो।
आइतबार राति नै भएका अन्य खेलमा रियल सोसिडाडले काडिजलाई ४–१ गोलअन्तरले पराजित गर्दा ओसासुनाले इबरलाई २–१ गोलअन्तरले हराएको छ। एथ्लेटिको विल्बाओ र भ्यालेन्सियाले भने १–१ गोलको बराबरी खेलेका छन्।