बार्सिलोनाले स्पेनिस ला लिगामा सुखद् सुरुआत गरेको छ। लिओनल मेसीले क्लब छाडेपछिको पहिलो खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ४–२ले हराउँदै नयाँ सिजनमा सुखद सुरुआत गरेको हो ।
आइतबार राति घरेलु मैदान क्यान नाउमा जित दिलाउन मार्टिन ब्रेथवेटको दुई गरे भने जेरार्ड पिके र सर्जी रोबर्टोले पनि गोल गरे । सोसिडाडका युलेन लोबेटे र मिकेल ओयासाबेलले गोल गरे।
१९औं मिनेटमा पिकेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । उनले मेम्फिस डिपेको फ्रिकिकमा हेडिङमार्फत गोल गरेका थिए। यस्तै, ब्रेथवेइटले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे।
५९औं मिनेटमा ब्रेथवेइटले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले ३–० को अग्रता लियो। त्यसपछि ३ मिनेट अन्तरमा दुई गोल गर्दै सोसिडाडले खेलमा फर्कने प्रयास गरेको थियो । उसका मिनेटमा युलेन लोबेटेले ८२औं र कप्तान ओयासाबलले ८५औं मिनेटमा गोल गरेका थिए। तर, इन्जुरी समयका सर्जियो रोबर्टोले गोल गरेपछि बार्सिलोनाले ४–२ को जित निकाल्यो ।
यही खेल मार्फत् बार्सिलोका लागि मेम्फिस डिपे र इरिक गार्सियाले डेब्यू गरे । दुवै जना यसै सिजन फ्रि ट्रान्सफरमा बार्सिलाना आएका थिए । डिपे फ्रेन्च क्लब लियोन र गार्सिया इंग्लिस क्लब म्यान्चेस्टर सिटीबाट आएका हुन्।