°
, June 1, 2023 in

बार्सिलाेना उपाधितर्फ अग्रसर, शीर्ष स्थानमा १५ अंकको अग्रता

SHARE:

स्पेनिस क्लब बार्सिलोना ला लिगाको उपाधितर्फ अग्रसर भएको छ। २०१९ पछि पहिलो पटक उपाधि नजिक पुगेको बार्सिलोनाले लिगका १३ खेल बाँकी छँदा शीर्ष स्थानमा १५ अंकको अग्रता बनाएको छ।

२७ खेलमा बार्सिलोनाको ७१ अंक भने एक खेल कम खेलेको रियल मड्रिड ५६ अंक छ।

रोबर्ट लेवान्डोस्कीले दुई गोल गरेपछि शनिबार राति बार्सिलोनलो इल्चेलमाथि ४–० को जित निकाल्यो। बार्सिलोनाको जितमा लेवान्डोस्कीसँगै अन्सु फाती र फेरान टोरेसले पनि गोल गरे।

लेवान्डवस्कीले २०औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

पहिलो हाफ १–०मा सकिएको खेलमा दोस्रो हाफमा बार्सिलोनाले तीन गोल गर्‍यो । ५६औं मिनेटमा फातीले गोल गर्दै अग्रता दोब्बर पारे ।६६औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरे भने ७०औं मिनेटमा फेरान टोरेसले गोल गरेपछि बार्सिलोनाले ४–०को सहज जित निकाल्यो।

यस्तै, अन्य खेलमा सेभियाले कार्डिच सिटीलाई २–०ले हराउँदा जिरोनाले इस्पानियोललाई २–१ले हरायो भने एथ्लेटिको बिल्बाओ र गेटाफेले गोलरहित बराबरी खेले।

SHARE: