°
, June 4, 2023 in

बार्सिलोना रायो भालेकानोसँग पराजित

SHARE:

लिग लिडर बार्सिलोना ला लिगामा पराजित भएको छ। बुधबार राति भएको खेलमा बार्सिलोना रायो भालेकानोसँग २–१ ले पराजित भयो।

घरेलु मैदानमा सानदार जित दिलाउन राभो भालेकानोका लागि अल्भारो गार्सिया र फ्रान्सिस्को गार्सियाले गोल गरे। बार्सिलोनाका लागि रोवर्ट लेवान्डोस्कीले एक गोल फर्काए पनि हार टार्न सकेनन्।

अल्भारो गार्सियाले १९औं मिनेटमा गोल गर्दै राभोलाई अग्रता दिलाएका थिए । ५३औं मिनेटमा फ्रान्सिस्को गार्सियाले गोल गर्दै राभो भालेकानोको अग्रता दोब्बर पारे । दुई गोलले पछि परेको अवस्थामा लेवान्डोस्कीले ८३औं मिनेटमा गोल गर्दै गोल अन्तर घटाएका थिए । तर त्यसपछि तप गोल गर्न नसक्दा शीर्ष स्थानको बार्सिलोना पराजित भयो ।

उपाधि होडमा रहेको बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडमाथि १४ अंकको अग्रता बनाउने अवसर गुमायो । यद्यपि बार्सिलोना अझै रियल भन्दा ११ अंकले अघि छ । लिगमा अब ७ चरणका खेल खेल्न बाँकी छ ।

SHARE: