मैत्रीपूर्ण खेलमा बार्सिलोना पराजित, एट्लेटिको रोकियो

सिजनको तयारीमा रहेका दुई स्पेनिस क्लब बार्सिलोना र एट्लेटिको मड्रिडले मैत्रीपूर्ण खेलमा खराब नतिजा निकालेका छन्। बुधबार राति भएकोलमा बार्सिलोना नर्वोको क्लब साल्जबर्गसँग २–१ले पराजित भयो भने ला लिगा च्याम्पियन एट्लेटिको मड्रिड कार्डिचसँग १–१ गोलको बराबरीमो रोकियो।

बुधबार राति रेडबुल एरिना साल्जबर्गमा भएको खेलमा अग्रता पनि साल्जबर्गले नै लियो । ४३औं मिनेटमा लुका सचिकले गोल गर्दै उसलाई अग्रता दिलाए। ८३औं मिनेटमा मार्टिक ब्रेथवेटले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए । तर, ९०औ मिनेटमा स्थापन्न खेलाडी ब्रेन्डन आरोन्सनले गोल गर्दै साल्जबर्गलाई जित दिलाए।

यसैगरी कार्डिचको मैदानमा भएको खेलमा ४०औं मिनटमा यानिक करास्कोको गोल एट्लेटिकोले सुरुआती अग्रता लियो । तर, ८६औं मिनेटमा कार्डिचका अबल्र्टो पिर्रेले गोल गर्दै खेललाई बराबाबरीमा ल्याए।

अब बार्सिलेनाल सिजनको तयारी स्वरुप ९ अगस्तमा इटालियन क्लबसँग युभेन्टससँग खेल्ने छ भने एट्लेटिकोले ८ अगस्तमा फेयनूर्डसँग खेल्ने छ। सिजन सुरु हुनुअघि यो दुवैको अन्तिम खेल हुनेछ।