स्पेनिस ला लिगमा दुई ठूला टिम बार्सिलोना र एट्लेटिको मड्रिड पराजित भएका छन् । शनिबार राति भएको खेलमा बार्सिलोना रियल बेटिससँग १–०ले पराजित हुँदा एटेलेटिको मड्रिड रियल मालोर्कासँग २–१ले स्तब्ध भयो।
घरेलु मैदान क्याम्प नेउमै बार्सिलोना हराउने क्रममा बेटिसका जुआन्मीले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा उनले ७९आंैं मिनेटमा गोल गरेका थिए। खेलमा बेटिसमाथि दबाब बनाएपनि बार्सिलोनाले गोल भने गर्न सकेन।
यसैगरी अर्को खेलमा एट्लेटिको मड्रिड रियल बेटिससँग पराजित भयो। एट्लेटिको पनि घरेलु मैदानमै मालोर्कासँग २–१ले पराजित भएको हो। मालोर्काको जितमा फ्रान्सको रुसो र टाकेफुसा कुबोले गोल गरेका थिए भने एट्लेटिकोका म्याथुस कुन्हाले गोल गरेका थिए।
खेलमा अग्रता एट्लेटिकोले लियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ६८औं मिनेटमा ब्राजिलियन स्ट्राइकर कुन्हाले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए। ८०औं मिनेटमा मालोर्कालो बराबरी गोल फर्कायो । उसका रुसोले गोल गरेका थिए।
त्यसपछि बराबरीतर्फ उन्मूख खेलमा इन्जुरी समयमा जापानिय विंगर कुवोले गोल गर्दै मालोर्कालाई २–१को जित दिलाए।