स्पेनिस ला लिगामा बार्सिलोना र एट्लेटिको मड्रिड विजयी भएका छन् । शनिबार राति भएको खेलमा कप्तान लियोनल मेसीले उत्कृष्ट प्रदर्शन गरेपछि बार्सिलोनाले अलाभेसलाई ५–१ले हरायो भने एट्लेटिको मड्रिडले ग्रानडामाथि २–१को जित निकाल्यो ।
घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउने क्रममा कप्तान लियोनल मेसी र फ्रान्सिस्को ट्रिनकाओले समान २ गोल गरे भने जुनियर फिर्पोले एक गोल थपे। आलाभेसका लागि लुइस रिओजाले एक गोल फर्काए।
खेलको २९ औं मिनेटमा ट्रिनकाओले गर्दै बार्सिलोनालाई १–० गोलको अग्रता दिलाए। पहिलो हाफको इन्जुरी समयमा मेसी गोल गर्दै बार्सिलोनालाई २–० गोलको अग्रता दिलाए।
५७औं मिनेटमा लुइसले गोल गर्दै आलाभेसलाई २–१ को स्थितिमा ल्याए। तर, ७४औं मिनेटमा ट्रिन्काओले पुनः गोल गर्दै बार्सिलोना ३–१को अवस्थामा पु¥याए । त्यसको एक मिनेटपछि नै मेसीले गोल गर्दै टिमलाई ४–१ को अग्रता दिलाए। ८० औं मिनेटमा जुनियर फिर्पोले गोल गर्दै बार्सिलोनालाई ५–१ गोलको जित दिलाए।
यसैगरी शनिबार राति भएको खेलमा एट्लेटिकोले ग्रानडालाई २(१ गोल अन्तरले पराजित छ । ग्रानडाको मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, खेलको ६३ औं मिनेटमा मार्कुस लोरेन्टले गोल गर्दै एट्लेटिकोलाई १–० को अग्रता दिलाए ।
६६ औं मिनेटमा यान्जल हरेराले गोल गर्दै ग्रानडालाई १(१ गोलको बराबरीमा ल्याए । ७४ औं मिनेटमा एन्जल कोर्रेयाले गोल गर्दै एट्लेटिकोलाई २–१ को जित दिलाए ।
जितसँगै एट्लेटिकोले शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ । उसको २१ खेलमा ५४ अंक छ। दोस्रो स्थानको बार्सिलोनाको ४६ अंक छ । ग्रानडा ३० अंक जोडेर आठौं स्थानमा रहेको छ ।