°
, June 2, 2023 in

बार्सिलोना र लेस्टर सिटी युरोपा लिगको क्वार्टरफाइनलमा

SHARE:

टर्किस क्लब गालाटासारेमाथि पुनरागमन जित निकाल्दै स्पेनिस क्लब बार्सिलोना युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा घरेलु टोलीमाथि २–१ को पुनरागमन जित निकाल्दै बार्सिलोना अन्तिम आठमा पुगेको हो। यसअघि पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो।

इस्तानबुलमा बिहीबार राति सम्पन्न खेलमा बार्सिलोनाको जितमा पेड्री र पिएरे इमरिक औवामियाङले गोल गरे। घरेलु टोलीका मार्काओले गोल गरेका थिए।

खेलको २८औं मिनेटमा मार्काओको गोलबाट घरेलु टोली गालाटासारेले १–० को अग्रता लिएको थियो। उनले एलसान्द्रु सिकाल्डोउको पासमा हेडमार्फत गोल गरेका थिए।

एक गोलले पछि परेको बार्सिलोनाले ३७औं मिनेटमा बराबरी गोल फर्कायो। पेड्रीले फेरान टोरेसको पासमा गोल गरेका थिए।

दोस्रो हाफको सुुरुमै पिएरे इमरिक औवामियाङले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए। उनले ४९औं मिनेटमा फ्रान्की डि जोङको पासमा गोल गरेका थिए। त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोना नकआउट चरणमा पुग्न सफल भयो।

इंग्लिस क्लब लेस्टर सिटी युरोपा कन्फरेन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ। बिहीबार राति अन्तिम १६ को दोस्रो लेगमा रेनससँग २–१ ले पराजित भएपनि लेस्टर समग्रमा ३–२ को जितसहित क्वाटरफाइनलमा पुगेको हो ।

खेलको आठौं मिनेटमा बेन्जामिनले गोल गर्दै रेनसलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ५१ औं मिनेटमा वेस्ले फोफानाले गोल गर्दै लेस्टरलाई १-१ गोलको बराबरीमा ल्याए । चोटबाट मुक्त हुँदै ७ महिनापछि मैदान फर्किएका उनले हेडरमार्फत गोल गरेका हुन् ।

त्यसपछि खेलको ७५ औं मिनेटमा फ्लाभिन टइटले गोल गर्दै रेनसलाई २-१ को जित दिलाए ।जितको बाबजुत रेनस अघिल्लो चरणमा भने पुग्न सकेन ।

SHARE: