स्पोनिस ला लिगामा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड र बार्सिलोना दुवै पराजित भएका छन् । ला लिगअन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिड कार्डिच र बार्सिलोना गेटाफेसँग समान १–०ले पराजित भए ।
रियलको घरेलु मैदान अल्फ्रेडो डि स्टेफानो रंगशालामा कार्डिचलाई जित दिलाउन एन्थोनी लोजानो १६ औं मिनेटमा निर्णयक गोल गरे ।
पहिलो हाफमै १–०ले पछि परेपछि दास्रो हाफमा सुरुवातमै ४ खेलाडी परिवर्तन ग¥यो, तर त्यही पनि गोल गर्न भने सकेन । खेलमा रियलले ७५ प्रतिशत बल पोजेसन बनाएपनि उल्लेख्य आक्रमण भने गर्न सकेन ।
बार्सिलोनालाई गेटाफेले घरेलु मैदानमा १–०ले हरायो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५६औं मिनेटमा जैमी माटाले निर्णायक गोल गरेका थिए । फ्यांकी डि योङले डिबक्समा फाउल गरेपछि गेटाफेले पेनाल्टी पाएको थियो ।
खेलका रियलको जस्तै बार्सिलोनाको अवस्थामा पनि उस्तै रह्यो । उसले बलमा पडक त बनायो, तर उल्लेख्य प्रहार गर्न भने सकेन । खेलअवधि भर बार्सिलोनाले ७ सट प्रहार गर्दा १ सट मात्र फ्रेममा थियो ।
यसैगरी शनिबार नै भएको खेलमा एट्लेटिको मड्रिड भने विजयी भएको छ । लुइस सुआरेज र यानिक करास्कोले गोल गरेपछि एट्लेटिकोले सेल्टा भिगोलाई २–०ले हरायो । सुआरेजले छैठौं मिनेटमा गोल गरेका थिए भने करास्कोले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।
हारका बाबजुद पनि रियल मडिङ १० अंकसहि शीर्ष स्थानमा छ । बार्सिलोना हराएर १० अंक बनाएका गेटाफे दोस्रो स्थानमा छ भने ८ अंक जोडेको एट्लेटिको छैठौ स्थानमा छ । यस्तै, बार्सिलोना भने ७ अंकसहित नवौं स्थानमा छ ।