स्पेनिस पूर्व राष्ट्रिय खेलाडी क्वेक सेटिनलाई बार्सिलोनाले मुख्य प्रशिक्षकका रुपमा नियुक्त गरेको छ । अर्नेस्टो भाल्भार्डेलाई बर्खास्त गरेलगत्तै बार्सिलोनाले सेटिनलाई प्रशिक्षकमा नियुक्त गरेको हो । सेनिटले बार्सिलोनासँग ३ वर्षको सम्झौता गरेका छन् ।
सेटिन रियल बेसिटसका पूर्वप्रशिक्षक हुन् । सेटिनले बेटिसमा तीन वर्ष बिताउँदै अघिल्लो सिजनको अत्यमा क्लब छाडेका थिए । उनको प्रशिक्षणमा बेसिटसले युरोपा लिग खेलेको थियो भने कोपा डेल रेको सेमिफाइलनसम्म पुगेको थियो ।
प्राविधक रुपमा उत्कृष्ट मान्निने ६१ वर्षीय सेटिन अट्याकिङ फुटबल खेलामा माहिर मानिन्छन् । एट्लेटिको मड्रिड, लेभान्टेका पूर्वखेलाडी सेटिनले सन् २००१ मा रसिङ सन्टन्डेरबाट कोचिङ करिअर सुरु गरेका थिए । उनले पहिलो वर्ष नै रसिङपहिलो डिभिजनमा बढुवा गराएका थिए ।
त्यसपछि सेनिटले सन् २००३ मा स्पेनकै क्लब पोली इजिडो प्रशिक्षक बने भने उनले सन् २००६ मा गिनीको राष्ट्रिय टिम पनि सम्हाले । उनले २००७–०८ मा लोग्रोनेस, २००९–१५सम्म स्पेनकै अर्को क्लब लुगोमा प्रशिक्षकका रुपमा काम गरे । त्यसपछि उनी लुगो छाड्दै ला लिगा क्लब लस पाल्मस आए । त्यहाँ ३ वर्ष बिताएपछि उनी सन् २०१७ मा बेटिस आएका थिए ।
साउदी अरबमा भएको स्पेनिस सुपर कपको सेमिफाइलनबाट बाहिरिए लगत्तै बार्सिलानाले प्रशिक्षक भाल्भाल्र्डेलाई बर्खास्त गरेको हो । सेमिफाइलनमा बार्सिलोना एट्लेटिको मड्रिडसँग ३–२ले पराजित भएको थियो ।
अघिल्लो सिजन कोपा डेल रे फाइलनमा भ्यालेन्सियासँग २–१ले र च्याम्पियन्स लिग सेमिफाइलनको दोस्रो लेगमा लिभरपुलसँग ४–०ले पराजित भएसँगै भाल्भार्डेलाई प्रशिक्षकबाट हटाउन बार्सिलोना अध्यक्षमाथि ठूलो दबाब परेको थियो । तर, नयाँ सिजन पनि बार्सिलोनाले भाल्भार्डेलाई नै निरन्तरता दिएको थियो ।
सन् २०१७ मा एट्लेटिको बिल्बाओबाट बार्सिलोना आएका भाल्भार्डेले बार्सिलोनालाई ४ उपाधि दिलाए । जसमा २ ला लिगा, एक कोपा डेल रे र एक सुपर कप छ ।