राफिन्हा र लेवान्डोस्कीको गोलमा बार्सिलोनाको जित

Read Time:1 Minute

स्पेनिस ला लिगामा बार्सिलोना विजयी भएको छ। बुधबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई २–१ ले हरायो ।

बार्सिालेनाको जित राफिन्हा र रोबर्ड लेवान्डोस्कीले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ६५औं मिनेटमा राफिन्हाले बार्सिलोनालाई सुरुआती अग्रता दिलाए।

८०औं मिनेटमा लेवान्डोस्कीले बार्सिलोनाको गोल गर्दै अग्रता दोब्बर बनाए। यो सिजन लिगमा १४औं गोल हो।

८५औं मिनेटमा जुल्स कुन्डेले आत्मघाती गोल गरेपछि बेटिसले पुरानगरमनको अवसर पायो । तर, त्यसपछि गोल हुन सकेन। इन्जुरी समयको पाँचौं मिनेटमा बेटिस १० खेलाडीमा समेटियो। उसका विलियम कार्भाल्होले रातो कार्ड पाएका थिए।

यो जितपछि बार्सिलोलना शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ। बार्सिलोनाको १९ खलमा ५० अंक छ भने दोस्रो स्थानमा रहेको रियल मड्रिडले १८ खेलमा ४२ अंक जोडेको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post गिलको शतकमा टि–२०मा न्युजिल्यान्डमाथि भारतको कीर्तिमानी जित
Next post कारबाओ कपको उपाधिका लागि युनाइटेड र न्युकासल भिड्ने
Close