बार्सिलोनाले ला लिगामा शनिबार राति रियल बेटिसलाई २–१ ले पराजित गरेको छ । यस जितपछि बार्सिलोनाले यस ससिजन शीर्ष चारमा स्थान पक्का गर्दै अर्को सिजनको युरोपियन च्याम्पियन्स लिगमा पनि स्थान सुरक्षित गरेको छ ।
रियल मड्रिडले यसअघि नै ला लिगाको उपाधि जितिसकेको छ ।
जोर्डी अल्वाले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि बार्सिलोना ३ अंक जोड्न सफल भएको हो । त्यसअघि अंशु फाटीले ७६औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए भने बार्सिलोनाकै पूर्व डिफेण्डर मार्क बार्टाले ७९औं मिनेटमा बेटिसका लागि बराबरी गोल गरेका थिए ।
बराबरीतर्फ अग्रसर खेलमा खल्वाले इन्जुरी टाइमको चौतो मिनेटमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।
जितपछि बार्सिलोना ३५ खेलबाट ६९ अंक जोड्दै दोस्रो स्थानमा छ । समान खेलबाट ५८ अंक रहेको रियल बेटिस भने पाँचौ स्थानमा छ ।