°
, May 30, 2023 in

एल क्लासिकोमा बार्सिलोनाको जित, शीर्ष स्थानमा १२ अंकको अग्रता

SHARE:

आइतबार राति भएको एल क्लासिकोमा बार्सिालेना विजयी भएको छ। इन्जुरी समयको अन्तिम मिनेटमा मिडफिल्डर फ्रान्क केसीको निर्णायक गोल मद्दतमा बार्सिलोनाले रियलमाथि २–१को जित निकाल्यो।

यो जितसँगै बार्सिलोना ला लिगाका उपाधिउन्मूख भएको भएको छ। लिगका १२ चरणको खेल मात्र बाँकी छँदा बार्सिलोनाले शीर्ष स्थानमा रियलमाथि १२ अंकको अग्रता बनाएको छ। उसको २६ खेलबाट ६८ अंक छ भने दोस्रोमा रहेको रियलको ५६ अंक छ।

नाउ क्याम्पमा भएको खेलमा रोनाल्ड अरौजोको आत्मघाती गोलमा नवौं मिनेटमा रियलले अग्रता लियो । भिनिसियस जुनियरको क्रस हेडिङ गर्ने क्रममा उनले आफ्नै पोस्टमा गोल गरेका थिए।

रियलमाथि निरन्तर दबाब बनाएको बार्सिलोनाले पहिलो हाफकै अन्त्यमा खेललाई बराबरीमा ल्याए। उसका सर्जी रोबर्टोले गोल गरेका थिए। खेल बराबरीतर्फ उन्मूख भएको बेला इन्जुरी समयको दोस्रो मिनेटमा केसीले एलेक्स बाल्डेको पासमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए।

यो सँगै बार्सिालेना लागतार तीन एल क्लासिको जितेको छ। यसअघि उसले स्पेनिस सुपरकपको फाइलन र कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा पनि रियललाई हराएको थियो ।

आइतबारका अन्य खेलमा रियल बेटिसले मार्लोकालाई १–०, भिल्लारियलले ओसासुनालाई ३–०, रियल सोसिडाडले एल्चेलाई २–० र गेटाफेले सेभियालाई २–० ले हरायो ।

SHARE: