स्पेनिस ला लिगामा बार्सिलोनाले सादनर जित निकालेको छ । आइतबा राति भएको खेलमा बार्सिलोनले सेभियामाथि ३–०को जित निकाल्यो।,
यो जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा ८ अंकको फराकिलो अग्रता बनाएको छ। बार्सिलोनाको २० खेलमा ५३ अंक भएको छ भने दोस्रो स्थानको रियलको समान खेलबाट ४५ अंक छ।
घरेलु मैदानमा बार्सिलोनालाई जिताउन जोर्डी अल्बा, गाभी र राफिन्हालेले गोल गरे।
पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा सबै गोल सम्भव भएको हो। खेलको ५८ औँ मिनेटमा जोर्डी अल्बाले गोल गर्दै बार्सिलोलाई सुरूआती अग्रता दिलाए।
७० औँ मिनेटमा गाभीले गोल गर्दै अग्रता दोब्बर पारे। खेलको अन्त्य तिर ७९ औँ मिनेटमा बार्सिलोनाले तेस्रो गोल गर्दै जित निश्चित गर्यो।