स्पेनिस ला लिगा फुटबल अन्तर्गत गए राति सम्पन्न खेलमा बार्सिलोनालेजित हात पारेको छ। घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोनाले भ्यालेन्सियाविरुद्ध ३–१को पुनरागमन जित निकालेको हो।
खेलको पाँचौ मिनेटमा नै गोल गरे पनि अग्रता जोगाउन नसक्दा भ्यालेन्सिया पराजित भयो। खेलको पाँचो मिनेटमै भ्यालेन्सियाका लागि जोसे गायाले गोल गरेका थिए।
१३औं मिनेटमा बार्सिलोनाका अन्सु फातीले गोल गर्दै खेल बराबरीमा ल्याए। खेलको ४१औँ मिनेटमा मेम्फिस डिपेले पेनाल्टीमार्फत गोल गर्दा पहिलो हाफमा बार्सिलोना २–१ले अघि रह्यो। खेलको ८५औं मिनेटमा फिलिप कोन्टिन्होले गोल गर्दै बार्सिलोनालाई ३–०को जित दिलाए।
यही खेलमार्फत सर्जियो अगुएरोले पनि बार्सिलोनाका लागि डेब्यू गरे । उनी ८७औं मिनेटमा सर्जिनो डेस्टको स्थानमा मैदान प्रवेश गरेका थिए । सिजनको सुरुआतमै उनी म्यान्चेस्टर सिटीमा फ्रि ट्रान्सफरमा बार्सिालेना आएका थिए। त्यसपछि अभ्यासका क्रममा घाइते भएपछि उनी मैदान बाहिर थिए।
जितसँगै ८ खेलबाट १५ अंक जोडेको बार्सिलोना लिग तालिकाको सातौँ स्थानमा छ। पराजित भ्यालेन्सिया नवौं स्थानमा छ।