च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोना विजयी भएको छ। बुधबार राति भएको खेलमा बार्सिलोनाले डाइनामो केइभमाथि १–०को जित निकाल्यो।
च्याम्पियन्स लिगमा बार्सिलोनाको यो ५ खेलपछि पहिलो जित हो । यो सिजनका सुरुआती दुई खेलमा पराजित बार्सिलोना पराजित भएको थियो। पहिलो खेलमा उ बार्यन म्युनिखसँग र दोस्रो खेलमा बेन्फिकासँग समान ३–०ले पराजित भएको थियो।
च्याम्पियन्स लिगमा डाइनामो केइभको यो लागतार चौथो अवे हार हो भने उ पछिल्ला ९ खेलयता जित निकाल्य असफल छ। उसले ५ बराबरी र ४ हारको सामाना गरेको छ।
यो जितसँगै बार्सिलोनाले समूह इमा ३ अंक जोडेको छ। र, उ तेस्रो स्थानमा छ। ६ अंक जोडेको बायर्न शीर्ष स्थानमा रहँदा ४ अंक जोडेको बेन्फिका दोस्रो स्थानमा छ।
घरेलु मैदानमा डाइनामो केइभविरुद्ध बार्सिलोनालाई जित दिलाउन जेरार्ड पिकेले निर्णायक गोल गरे । उनले ३६औं मिनेटमा जोर्डी अल्बाको पासमा भली गोल गरेका थिए। त्यसपछि गोल नहुँदा बार्सिलोना विजयी भयो ।
खेलमा बार्सिलोनाले ६३ प्रतिशत बल पोजेसन बनाउँदै ११ सट प्रहार गरेकोमा ३ सछ फ्रेममा थियो । यता, डाइनामो केइभले ३ सट प्रहार गर्दा कुनैपनि सट फ्रेममा थिएन।