युवा मिडफिल्डर पेड्री सन् २०२६ सम्म क्याम्पा नेउमै रहने छन्। १८ वर्षीय पेड्रीले बार्सिलोनासँग ४ वर्षका लागि सम्झौता नवीकरण गरेका छन्।
सन् २०१८ मा मात्र बार्सिलोना आएका पेड्री अहिले बार्सिलोनाका मुख्य खेलाडी हुन्। उनी सन् २०१८मा लास पालमस बार्सिलोनामा आबद्ध भएका थिए।
सम्झौता नवीकरणसँगै बार्सिलोनाले पेड्रीको रिलिज क्लउज १ विलियन युरो तोकेको छ । उनले ३९ ला लिगा खेलमा ३ गोल गरिसकेका छन् ।