अर्जेन्टिनी स्टार सर्जियो अएगुरोले खलाडी जीवनबाट सन्न्यासको घोषणा घोषणा गरेका छन्। मुटुमा समस्या आएपछि ३३ वर्षीय अगुएरोले फुटबलबाट सन्न्यास लिने बुधबार घोषणा गरेका हुन्।
अगुएरो यसै सिजन मात्र म्यान्चेस्टर सिटीबाट स्पेनिस क्लब बार्सिलोनामा आएका थिए । बार्सिलनामा ६ महिना नाबिताउँदै सन्न्यास लिएका हुन्। गत ३० अक्टोबरमा खेलकै क्रममा अगुएरोको मुटुमा समस्या आएको छ। त्यसपछि उनलाई अस्पताल भर्ना गएिको थियो ।
अगुएरोले बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै सन्न्यासको घोषणा गरेका हुन्। उनले सन्न्यासको घोषणा गर्नु कठीन निर्णय भएको बताएका छन्। क्याम्पनोउमा आयोजित पत्रकार सम्मेलनमा उन भने, ‘मैले व्यवसायिक फुटबल खेल्न छोड्ने निर्णय गरेको छु । यो मेरो लागि निकै कठिन निर्णय हो ।’
चिकित्सकले एक साताअघि फुटबल खेल्न छोड्नु उपयुक्त हुन्छ भनेर सल्लाह दिएका थिए । ‘मैले (फेरि खेलमा फर्किने) कुनै सम्भावना छ कि भनेर हेरेँ, त्यो पाइनँ,’ उनले भने, ‘मेरो करियर जस्तो रह्यो, त्यसमा खुसी छु ।’
अगुएरोले आफ्नो करिअरमा ७८६ खेल खेल्दै ४२७ गोल गरे। अग्युरोले सिटीमा १० वर्ष बिताए। उनी सिटीका लागि सर्वाधिक गोलकर्ता बने। उनले सिटीबाट ३९० खेल खेल्दै २६० गोल गरे। सिटीबाट खेल्दा उनले १५ मुख्य उपाधि जिते।
सन् २००३ बाट करिअर सुरू गरेका अग्युरो सन् २००६ मा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमा आबद्ध भएका थिए। त्यसपछि उनले सन् २०११ मा सिटीसँग सम्झौता गरेका थिए।
अर्जेन्टिनाको राष्ट्रिय टिममा सन् २००६ मा डेब्यू गरेका उनले राष्ट्रिय टिमबाट १०१ खेल खेल्दा ४१ गोल गरेका छन्।