सुरुआत मै लिएको ३ गोलको अग्रता जोगाउन नसकदा बार्सिलोना स्पेनिस ला लिगमा बराबरीमा रोकिएको छ। शनिबार राति भएको खेलमा सुरुआतमै लिएको ३ गोलको अग्रता जोगाउन नसक्दा बार्सिलोन सेल्टाभिगोसँग ३–३ गोलको बराबरीमा रोकिएको हो ।
बार्सिलोनाले पाँचौं मिनेटमा नै अग्रता लिएको थियो। अन्सु फातीले जोर्डी अल्बाको पासमा गोल गरेका थिए। खेलको १८ औं मिनेटमा सर्जियो बुस्केट्सको गोलमा बार्सिलोनाको अग्रता दोब्बर बन्यो। ३४औं मिनेटमा अल्बाकै क्रसमा मेम्फिस डिपाएको गोलसँगै पहिलो हाफमा नै बार्सिलोना जिततर्फ उन्मुख देखिएको थियो।
दोस्रो हाफमा घरेलु टोलीले सानदार पुनरागमन गर्यो। चोटका कारण फाती दोस्रो हाफमा मैदान उत्रेनन्। खेलको ५२ औं मिनेटमा इयागो आसपासले पहिलो गोल गरे। ७४औं मिनेटमा डिएगो नोलिटोले सर्भिको पासमा हेडरमार्फत गोल गरे भने इन्ज्युरी समयको छैटौं मिनेटमा आसपासले पहिलो टचमा गोल गर्दै खेल बराबरीमा ल्याए।
बार्सिलोनाले लिगको पछिल्ला ४ खेलमा जित दर्ता गर्न सकेको छैन। बार्सिलोना १२ खेलमा १७ अंक जोड्दै नवौं स्थानमा छ।