°
, June 1, 2023 in

एट्लेटिकोलाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा

SHARE:

स्पेनिस ला लिगामा बार्सिलोना विजयी भएको छ। ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडमाथि १–०को जित निकाल्यो।

यो जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा ३ अंकको स्पष्ट अग्रता बनाएको छ। उसको बार्सिलोनाको १६ खेलबाट ४१ अंक भएको छ भने दोस्रो स्थानको रियलको ३८ अंक छ। एट्लेटिको २७ अंकसहित पाँचौं स्थानमा छ।

वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा बार्सिलोनाको जितमा पहिलो हाफमा उसमाने डेम्बेलेले गोल गरे। उनले २२औं मिनेटमा पाब्लो गाभीको पासमा गोल गरेका थिए । प्रतिस्पर्धात्मक बनेको खेलमा त्यसपछि गोल नहुँदा बार्सिलोना विजयी भयो।

खेलको अन्त्य दुवै टिमले १० खेलाडीमा रहेर गरे। दोस्रो हाफको इन्जुरी समयको दोस्रो टिमका बार्सिलोनाका फेरान टोरेस र एट्लेटिकोका स्टेफन साविचले रातो कार्ड पाएका थिए।

ला लिग अन्तर्गत आइतबार राति नै भएका अन्य खेलमा रियल सोसिडाडले अल्मेरियालाई २–०ले, रियल बेटिसले रायो भालेकानोलाई २–१ले र सेभियाले गेटाफेमाथि २–१कै जित निकाल्दा स्थानियोल जिरोनाले २–२ गोलको बराबरी खेले।

SHARE: