°
, June 1, 2023 in

अग्रता जोगाउन नसक्दा रोकियो बार्सिलोना

SHARE:

स्पेनिस ला लिगामा बार्सिलोना बराबरीमा रोकिएको छ। शनिबार राति भएको खेलमा बार्सिलोना सुरुआती अग्रता जोगाउन नसक्दा इस्पानियोलले १–१ को बराबरीमा रोकिएको हो।

खेलमा बार्सिलोनाका मार्कस अलोन्सोले गोल गरेका थिए भने इस्पानियोलका जोसेलुले गोल गरेका थिए।

खेलको सातौं मिनेटै बार्सिलोनाले अग्रता लियो। अलोन्सोले सातौं आन्द्रेस क्रिस्टिन्सनको पासमा गोलगरको थिए। क्यानलान डर्बीमा पहिलो हाफमा १ गोलले पछि परेको इस्पानियोलले ७३औं मिनेटमा बराबरी गोल फर्कायो।

७३ मिनेटमा इस्पानियोलले विवादास्पद पेनाल्टी पाएको थियो। सोही अवसरमा जोसेलुले गोल गरेका थिए । उनलाई अलोन्सोले लडाएपछि इस्पानियोलले पेनाल्टी पाएको थियो।

खेलको अन्त्य दुवै टिमले १० खेलाडमिा रहेन गरे। ७८औं मिनेटमा बार्सिलोनाका जोर्डी अल्बा र ८०औं मिनेटमा इस्पानियोलका भिनिसियस सोउजाले रातो कार्ड पाएका थिए।

बराबरी पछि बार्सिलोनाले शीर्ष स्थानमा २ अंकको अग्रता लिने अवसर गुमायो । उसको १५ खेलमा ३८ अंक छ। त्यति अंक जोडेको रियल मड्रिड दोस्रो स्थानमा छ। इस्प्यान्योल भने १५ खेलबाट १३ अंक जोड्दै १६औं स्थानमा छ।

SHARE: