स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोना बराबरीमा रोकिएको छ। सोमबार राति भएको खेलमा बार्सिलोनालाई जिरोनाले गोलरहित बराबरीमा रोकेको हो।
घरेलु मैदान क्याम्प नाउमा बार्सिलोनाले जिरोनामाथि निरन्तर दबाब बनाएपनि गोल गर्न सकेन।
उसले ६० प्रतिशत बल पोजेसन बनाउँदै जिरोनाको पोस्टमा १८ सट प्रहार गरेकोमा ३ सट फ्रेममा थियो। यता, जिरोनाले ५ सट प्रहार गर्दा एउटै सट फ्रेममा थिएन।
जित पछि पनि बार्सिएलोना शीर्ष स्थानमै छ । शीर्ष स्थानमा बार्सिलोनाले १३ अंकको अग्रता बनाएको छ। समान २८ खेलबाट बार्सिलोनाको ७२ र रियल मड्रिडको ५९ अंक छ। जिरोना भने ३५ अंकसहित ११औं स्थानमा छ।