स्पेनिस फुटबल फेडेरेसनले ला लिगाको तालिका सर्वाजनिक गरेको छ । बुधबार सर्वाजनिक तालिकाअनुसार ला लिगाका १५ अगस्तबाट सुरु हुने छ भने मे १८मा सकिने छ।
ला लिगाको पहिलो दिन १० खेल हुने छन् । जसमा च्याम्पियन्स एट्लेटिको मड्रिडले सेल्टाभिगोको भ्रमण गर्ने छ भने रियल मड्रिडले अलाभेससँग खेल्ने छ। यस्तै, बार्सिलोनाले रियल सोसिडाडसँग क्याम्प नेउमै खेल्नेछ ।
ला लिगाको प्रतिष्ठित खेल अर्थात् एल क्लासिको पहिलो लेग अक्टोरब २४ मा हुनेछ भने दोस्रो लेग सन् २०२२ को मे २०मा हुने छ। पहिलो एल क्लासिको बर्नाबेउमा हुने छ भने दोस्रो क्याम्प नेउमा ।
यस्तै, ला लिगाको अर्को प्रतिष्ठित खेल मड्रिड डर्बी डिसेम्ब १२ मा बर्नाबेउमा हुनेछ भने अर्को मड्रिड डर्बी सन् २०२२ को मे ८ मा वान्डा मेट्रोपोलिटानोमा हुने छ।