°
, June 7, 2023 in
0

ला लिगाको तालिका सार्वजनिक, इएल क्लासिको अक्टोबर २५ मा

SHARE:

स्पेनिस ला लिगाको नयाँ सिजनको तालिका सार्वजनिक भएको छ । सोमबार सार्वजनिक तालिका अनुसार ला लिगाका १३ सेप्टेम्बरबाट सुरु हुने छ ।

नयाँ सिजनको पहिलो एल क्लासिको अक्टोबरमा हुने छ । सिजनको पहिलो एल क्लासिको अर्थात् स्पेनका दुई जाइन्ट क्लब रियल मड्रिड र बार्सिलोनाबीचको खेल अक्टोबर २५मा हुने छ । यस्तै दोस्रो इएल कलासिको सन् २०२१ अपिल ११मा हुने छ ।

पहिलो इएल क्लासिको बार्सिलोनाको मैदान क्याम नेउमा हुने छ भने दोस्रो रियलको मैदान सान्टियागो बर्नाबेउमा हुने छ ।

यस्तै रियल र एट्लेटिको मड्रिडबीचको मड्रिड डर्बी १३ डिसेम्बरमा बर्नाबेउमा हुने छ भने दोस्रो मड्रिड डर्बी सन् २०२१ को मार्च ७मा वान्डा मेट्रो पोलिटानोमा हुने छ ।

१३ सेप्टेम्बरबाट सुरु हुने ला लिगाका चार खेल भने स्थागित भएको छ । पहिलो दिने हुने भनिएको रियल र गेटाफे, बार्सिलोना र इल्चे तथा दोस्रो चरणका एट्लेटिको र लेभान्ते तथा सेभिया र इल्चेकिो खेल रद्द गरिएको छ ।

१३ तारिकमा अलाभेस र रियल बेटिस, ग्रानडा र एथ्लेटिको बिल्बाओ, भ्यालेन्सिया र लेभान्ते, काडिज र ओसासुना, भिल्लारियल र हुइस्का तथा रियल सोसिडाड र भालाडोलिड भिड्ने छन् ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *