सेभियाविरुद्ध बार्सिलोनाको पुनरागमन जित, कोपा डेल रेको फाइनलमा प्रवेश

स्पेनिस कोपा डेल रेमा बार्सिलोना उत्कृष्ट पुनरागमन गर्दै फाइनलमा पुगेको छ । सेभियासँग पहिलो लेगमा २–०ले पछि परेको बार्सिलोना दोस्रो लेगमा ३–०को जित निकाल्दै समग्रमा ३–२को जितसहित फाइलन स्थान बनाउन सफल भयो।

घरेलु मैदानमा बार्सिलोनलााई जित दिलाउन ओसमान डेम्बेले, जेरार्ड पिके र मार्टिन ब्रेथवेटल गोल गरे । बार्सिलोनाले सेभियाविरुद्ध पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरेको थियो ।

१२औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । खेल १–०मै सकिन लाग्दा दोस्रो हाफको इन्जुरी समयमा जेरार्ड पिकेले गोल गरेपछि बार्सिलोनाको फाइनल पुग्ने सम्भावना जिवित रहेको थियो ।

त्यसपछि थप गरिएको ३० मिनेटको समयको पाँचौ मिनेटमा ब्रेथवेटले गोल गरेपछि बार्सिलोनाको पुनरागमन जित सम्भव भएको थियो । खेलमा सेभियाका रोगेजले दोस्रो हाफको इन्जुरी टाइममा दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए।

अब उपाधिका लागि बार्सिलोनाले एथ्लेटिक्स बिल्बाओ र लेभान्तेबीचको विजेतासँग खेल्ने छ।